२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

कोरोना त्रास:- नेपाल भारत नाका हुँदै स्वदेश फर्किनेको भिड (भिडियो सहित)

कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट एकैदिन हजारौको संख्यामा नेपाल प्रवेश गरेका छन् ।
यसरी नेपाल प्रबेश गर्नेमा नेपालीहरुसंगै भारतीयहरु समेत रहेका छन् ।

भारतमा कोरोना भाईरस संक्रमण फैलिएपछि त्यहाँ काम गर्दै आएका नेपालीहरु धमाधम नेपाल फर्किन थालेका छन् ।

शनिवार बिहान भारतबाट फर्किनेको भीडले गड्डाचौकी नाकामा सवारी साधन ठप्प भएका थिए ।
एकसाथ हजारौका संख्यामा नेपालीहरु भित्रिएपछि सवारी साधनको समेत अभाव भएको थियो ।

सुदूरपश्चिमहरुको महत्वपूर्ण चाँड बिसु आउन तीन साता बाँकी रहदा भारतमा रहेका सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासका कारण पहिले नै नेपाल भित्रिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि गड्डाचौकी भएर भारत प्रवेशमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको बैठकले गड्डाचौकी नाका भएर भारत जान रोक लगाउने निर्णय गरेको हो ।

यद्दपि भारतबाट नेपाल भित्रिन भने रोक लगाएको छैन । जसका कारण हजारौको संख्यामा नेपाली र भारतीयहरु भारतबाट नेपाल भित्रिने क्रम तिब्र भएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भारतबाट आउने नेपालीहरुहरुको संभव भएपछि डाटा लिई स्वास्थ्य परीक्षण गरेर पठाउने गरेको बताए ।

प्रजिअ खतिवडाले शंकास्पद देखिएका व्यक्तिलाई भने उपचारका लागि क्वारेन्टाईनमा 
पठाईने बताए ।
भारतबाट नेपाल भित्रिने नेपालीहरुलाई मानवीयताका दृष्टिकोणले रोक्न नसकिने प्रजिअ खतिवडाको भनाई थियो ।

भिडियो हेर्नुस्

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७६ चैत्र ८

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP