सुदूरपश्चिमका १४ जना कैदी जेलमुक्त भएका छन् । संविधान दिवसको अवसरमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १४ जना कैदीको कैद मिनाह गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा कैदसँगै जरिवाना समेत माफी हुने गरेर १४ जनाको कैद मिनाह गरेको हो । जेलमुक्त भएका अधिकांश ब्यक्तिहरु ज्यान मुद्दामा थुनिएका थिए ।
डडेल्धुराका पाँच जना, कैलालीका तीन जना, बाजुराका तीन जना, बझाङ, दार्चुला र कञ्चनपुरका एक, एक जनाको कैद माफी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
बाजुरामा कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना, कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दा दुई जना, बझाङमा कर्तव्य ज्यान मुद्दाका एकजना, दार्चुलामा पनि कर्तव्य ज्यान मुद्दाका एक जना र कञ्चपुरमा समेत कर्तव्य ज्यान मुद्दाकै एक जना रहेको वरिष्ठ प्रहरी नायब उपरिक्षक सिहले बताए ।
कैद माफी भएका उनीहरु सबै जना आजै जेलमुक्त हुने प्रहरीले जनाएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा दफा १५९ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा सुदूरपश्चिमका मात्रै १४ जनालाई आम माफी दिएको हो ।
दिपायल- कैलालीमा लाटोकोसेरो उत्सव हुने भएको छ । चरा संरक्षणको...