२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

बाजुरा प्रहरीले मापसे जाँच यन्त्र प्रयोग गर्ने

बाजुरामा बढ्दो मदिरा सेवन कर्तालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले अवदेखि आधुनिक मापसे जाँच गर्ने यन्त्र प्रयोग गर्ने भएको छ ।

जिल्लामा बढ्दो मदिरा सेवन कर्ताहरुलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाजुरालाई बडीमालिका नगरपालिकाले ३ वटा आधुनिक आधुनिक मादक पदार्थ सेवन जाँच गर्ने यन्त्र सहयोग गरेको हो ।
उक्त यन्त्रहरुलाई बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराई लाई हस्तान्त्रण गरेका हुन् ।

बाजुराका हरेक स्थानहरुमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्नेलाई प्रहरीले मुख सुघेर पक्राउ गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले अव देखि आधुनिक मादक पदार्थ सेवन जाँच गर्ने यन्त्र प्रयोग गर्न लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् ।

अवदेखि यो आधुनिक मादक पदार्थ सेवन जाँच गर्ने यन्त्र प्रयोग गर्न थालेपछि मदिरा सेवन कर्ताहरुको संख्यामा कमि आउन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले आशा लिएको छ ।

Related News

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
  • २०७६ चैत्र ५

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट...

TOP