२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२१० पुग्यो

सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १७ महिला २९ पुरूष गरी ४६ जना, कञ्चनपुर, बाजुरा र बझाङका एक-एक पुरूष गरि ३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय १० पुगेको छ। पुष्टि भएका पाँच जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन्।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ असार ९

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP