२०८३ भाद्र ८, सोमबार
August 24, 2026, Monday

कोरोना संक्रमित परिवारका सदस्य सहित १३ जनाको नमूना संकलन

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितका परिवारका सदस्य सहित १३ जनाको नमूना संकलन गरिएको छ। 

संक्रमित परिवारका १० जना सदस्य, दुई जना स्वास्थ्यकर्मी र एकजना क्वारेन्टाईनमा रहेका सहित गरी १३ जनाको थ्रोट स्वाव संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ।

शनिवारदेखि धनगढी रंगशालाको क्वारेन्टाईमा रहेका परिवारका सदस्यलाई सोमबार मात्रै घर फिर्ता गरिएकोमा आज फेरी अस्पताल ल्याएर नमूना संकलन गरिएको अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए । उनले संकलन गरिएको नमुना परीक्षणका लागि भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउने तयारी भईरहेको बताए।

डाक्टर जोशीले धनगढीमा स्थापना हुने भनिएको प्रयोगशाला तयार हुन केही समय लाग्ने भएकाले नमुना काठमाडौँ पठाउने तयारी भईरहेको बताए। उनले संक्रमित परिवारका सदस्यसंगै दुई जना स्वास्थ्यकर्मी र भारतबाट आएर धनगढी रंगशालाको क्वारेन्टाईनमा राखिएका थप एक गरि १३ जनाको परीक्षणका लागि थ्रोट स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईने बताए ।

यसअघि परिवारका कुनै पनि सदस्यमा कोरोनाको लक्षण नदेखिएको भन्दै नमूना संकलन नगरी उनीहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्नेगरी पठाइएको थियो । 
त्यस्तै सेती प्रादेशिक अस्पतालबाट २५ जनाको स्वाव पठाईएकोमा २० जनाको रिर्पोट आएको छ। जस्मा एक जनाको पोजेटिभ र बाँकी १९ जनाको नेगेटिभ देखिएको आपताले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

Related News

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता
रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता
  • २०७६ चैत्र १९

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता डडेल्धुरा – परशुराम नगरपालिका–१२...

TOP