२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

जोरायल स्पोर्टस् क्लबलाई खेलकुद सामग्री हस्तान्तरण

जोरायल- संविधान दिवसको अवसरमा जोरायल जोरायल स्पोर्टस् क्लबलाई खेलकुद सामग्री वितरण गरिएको छ । गाउँपालिकाका ६ वटै वडामा विस्तार भएको स्पोर्टस् क्लवहरुलाई खेलकुद सामग्री विरण गरिएको हो ।

नेपालीका काँग्रेसका युवा नेता, कांग्रेस प्रदेश समन्वय बिभागका सदस्य हर्क देउवाको समन्वयमा क्षेत्रीय खेलकुद कैलालीको सहयोगमा उक्त सामग्रीहरु वितरण गरिएको हो । सामग्री जोरायल स्पोर्टस् क्लवका अध्यक्ष दिपेन्द्र मल्ल तथा पदाधिकारी मार्फत हस्तान्तरण गरिएको हो ।

भलिबल, नेट अनि फुटबलका सामग्री स्थान अनुसार गाउँपालिकाका सबै वडामा बितरण गरिएको अध्यक्ष मल्लले बताए । मल्लले वितरण हुन बाँकी तथा अपुग सामग्री पुनः संकलन गरेर अन्य क्लवहरुलाई पनि हस्तान्तरण गरिने बताए ।

क्लवले गाउँपालिकाका ६ वटै वडामा क्लवको उपसमिति समेत गठन गरि जोरायललाई खेलाडीको सहर भनेर चिनाउने प्रयास भैरहेको स्पोर्ट क्लवले जनाएको छ ।

जोरायलमा राजाको शासनकाल देखि नै बिरेन्द्र कप , रास्ट्रपति कप लगायतका विभिन्न खेलकुदको आयोजना हुँदै गरेकोमा पछिल्लो समय खेलकुदका गतिविधि सुस्त भएको देखेर यहाँको खेलकुद क्षेत्रलाई अझै गती दिने उद्येश्यका साथ सबै वडाका युवालाई समेटेर स्पोर्ट क्लव गठन गरी विभिन्न खेलकुद गतिविधि भैरहेको अध्यक्ष मल्लले बताए ।

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ आश्विन ४

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP