२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कोरोनाको कारण ‘बी’ भिजनलगायत सम्पुर्ण खेल स्थगित

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो विज्ञप्ती जारी गर्दै बि डिभिजनसहित हाल जारी सम्पूर्ण फुटबल प्रतियोगिता र गतिविधिहरु रोकेको हो ।

कोरोना भाइरसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक साताका लागि सबै खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएपछि एन्फाले सोही अनुरुप निर्णय गरेको हो ।

योसँगै एन्फाले चैत १६ गतेका लागि तय गरेको साधारण सभा पनि स्थगित भएको छ ।

विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधि आउन नसक्ने भएपछि एन्फाले साधारणसभा पनि स्थगित गरेको हो ।

त्यस्तै एन्फाले सातदोबाटोस्थित आफ्नो मुख्य कार्यालयसहित तीन वटै एकेडेमी एक साताका लागि बन्द गर्ने जनाएको छ ।

एन्फाका अनुसार धरान र बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टर पनि चैत १२ गते सम्म बन्द रहनेछ ।

Related News

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरूवात
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरूवात
  • २०७६ चैत्र ५

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात...

TOP