२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

दोस्रो क्वालिफायरमा जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

दिपायल । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो ।

जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

आजको खेलको विजेताले शनिबार उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०८१ पुष ४

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP