काठमाडौं । भारतमा हुँदै आएको इन्डियन प्रिमियर लिग आइपिएल टी–२० त्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ ।
कारोना भाइरस (कोभिड–१९) का कारण भारतले लकडाउन बढाएपछि आइपिएल सरेको हो । अब कहिले हुन्छ भन्ने पत्तो छैन ।
आइपिएल मार्च २९ तारिखदेखि हुने तालिका थियो । कोरोना फैलने भन्दै त्यसबाट बच्क्न भारतले लकडाउन लगायो । १४ अप्रिलसम्म सारेको लकडाउनका कारण भारतीय क्रिकेट बोर्ड बीसीसीआईले १५ अप्रिलदेखि आइपिएल गर्ने नयाँ तालिका बनायो ।
तर भारतमा संक्रमित र मृतक बढेपछि सरकारले ३ मेसम्म लकडाउन जारी गर्यो । त्यसपछि बुधबार बीसीसीआईले आइपिएल अनिश्चितकालका लागि स्थगित गर्यो ।
कहिले होला ?
अब आइपिएल यो वर्ष हुनेमा आशंका छ । कोरोना विश्वबाट तत्काल हट्ने हो र जनजीवन सामान्य हुने हो भने पनि आगामी नोभम्बरसम्म तालिका व्यस्त बन्नेछ ।
जुनबाट सेप्टेम्बरसम्म मनसुनको सिजन हो । त्यो बेला सम्भव छैन । फेरि भारतले श्रीलंका र जिम्बावेसंग सिरिज खेल्ने क्यालेन्डर छ ।
अक्टुबर–नोभेम्बरमा अष्ट्रेलियामा टी–२० विश्वकप खेल्ने तालिका छ । यसपछि अन्य टिमबीच सिरिज खेल्ने सम्भावना रहन्छ । किनकि अहिलेसम्म नै सिरिज रोकिइसकेको छ ।
बीसीसीआईले अन्तर्राष्ट्रिय तालिका तलमाथि नहुने गरी आइपिएलको नयाँ तालिका बनाउनु पर्नेछ ।
डिसेम्बरमा हुन सक्ने, फर्मेट छोटिन सक्ने
यो वर्ष आइपिएल हुने सम्भावना कम छ । बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले परिस्थितिलाई हेरेरमात्र केही भन्न सकिने बताएका छन् ।
उनले तत्काल कुनै नयाँ तरिका नबचेकाले अब सबैले घरमै रहेर बस्नुपर्ने भन्दै आइपिएललाई भुल्न सुझाव दिएका छन् ।
किनकि विश्वका सबैजसो खेल बन्द छन् । गांगुलीले आफ्नो ४६ सालको जीवनमा यस्तो भयानक अनुभव नगरेकाले अहिले आइपिएलका बारे नसोच्न पनि आग्रह गरेका छन् ।
तर बीसीसीआईका अनुसार अबको तालिका डिसेम्बरमा उत्तम विकल्प हुन सक्छ । यसबीचमा आइपिएलको फर्मेट छोटो हुन सक्नेछ ।
आइपिएल ५० दिनको सट्टा ४४ दिनमा झारिएको थियो । सहभागी ८ टिमले ९ सहरमा १४–१४ खेल खेल्नुपर्नेछ । अनि २ सेमिफाइनल, १ नकआउट र फाइनल खेल्नुपर्नेछ ।
अब यसलाई छोट्याएर सन् २००९ को जस्तै ३७ दिनमा झार्न सकिनेछ । २००९ मा लोकसभा चुनावका कारण आइपिएल दक्षिण अफ्रिकामा गर्नुपरेको थियो ।
नोक्सान ४ खर्ब ८० अर्ब
बीसीसीआईका एक अधिकारीका अनुसार आइपिएल रद्द हुने सम्भावना पनि छ । किनकि कोरोनाको असर कहिलेसम्म पर्छ भन्ने यकिन छैन ।
दिनानुदिन कोरोनाको संक्रमण बढ्दो छ । यो अझै केही महिना चल्यो भने धेरे जसो कार्यक्रम रद्द हुनेछन् । वाध्य भएर आइपिएलको यसपटकको १३ औं संस्करण पनि रद्द गर्नुपर्नेछ ।
तसर्थ डिसेम्बरमा पनि यो हुन सकेन भने रद्द हुनेछ । अर्को वर्ष अर्को संस्करण हुनेछ ।
यदि यो आइीपएल रद्द भयो भने ४ खर्ब ८० अर्ब रुपैयाँ घाटा लाग्नेछ । यो क्रिकेटका लागि निकै ठूलो मुल्य हो ।
किनकि खेलाडीहरु निलामीमै २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको छ । ६२ खेलाडी किनबेच भएका छन् ।
जसमा ३३ भारतीय र २९ विदेशी खेलाडी हुन् । फ्रेन्चाइज यी खेलाडीहरु खरिद गर्न २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको हो ।
आइपिएलका ८ टिममा ६४ विदेशी खेलाडी छन् । जसमा दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछाने पनि रहेका छन् ।
बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै निर्माण हुने ८७ मेगावाट क्षमताको...