२०७७ फाल्गुन १५, शनिबार
February 27, 2021, Saturday

घरसँगै भत्कियो परिवार : हात समातेका छोरा सहित चार जनाको गयो ज्यान

डोटी- घर ! एक दरिलो आड ! आत्मरक्षा र परिवार सुरक्षाको अत्यन्त विश्वासिलो धरोहर ! सर्वोत्तम सुरक्षा अनुभूत गराउने एक अद्भूत छहारी !
घरसंग यस्तै भरोसा हुन्छ सबैको । अन्य स्थानमा रहँदा महशुस हुने अनेकन भय–त्रासहरु पनि हराउछन् घरको ओतमूनी !
पुर्खाको पसिनाले सिञ्चित आफ्नो घरसंग यस्तै सुरक्षा अनुभूति थियो आदर्श गाउँपालिका–१ खलगडाका ३१ वर्षीय लोगे लुहारको पनि । ‘केई थिएन् । बलियै लाग्थ्यो । खै के भो के भो ?,’ उनी दुखद् अनुभूति साँट्छन्, ‘जुन घरको छहारीमा सुरक्षा महशुस हुन्थ्यो । त्यै घरले बज्रपात पा¥यो !’
उनले भनेजस्तै त्यै विश्वासिलो घर उनको परिवारको सबैभन्दा ठुलो असुरक्षा बन्यो । श्रीमती, एक छोरा र दुई छोरीको मृत्युको कारक बन्यो । सोमबार राती त्यै घर भत्कदा उनकी २६ वर्षिया श्रीमती विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भयो । स्वयम् लुहारका साथै ५२ वर्षिया आमा पाना, दुईवर्षिया छोरी अशु, छोरीज्वाई भेट्न आएकी ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय भद्यासाला ईन्द्र बिक घाईते भए । उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ । अवस्था सामान्य छ ।

भाग्दाभाग्दै ढल्यो घर !

सोमबार राती दुईबजे लोगे पिसाब गर्न बाहिर निस्किएका थिए । त्यसपछि भित्र पस्ने क्रममा घरबाट धुँलैधुँलो निस्कन थाल्यो । कतैबाट घर भत्कन लाग्यो भन्ने आवाज आयो । ‘सायद पल्लो घरको आमाको आवाज हुनुपर्छ,’ लोगे भन्छन् ।
घरभित्र उनका श्रीमान–श्रीमती, चारजना छोराछोरी, आमा र सोमबारै भेट्न आएका सासु र भद्यासालागरी नौजना थिए । सबैलाई व्यूँझाएर ढोकाबाहिरमात्र के पु¥याएका थिए, घर आँगनतिरै गल्र्याम्म ढल्यो ! उफ्रेर बारीमा पुग्नेजती बचे, बाँकी चारजनालाई घरको ढुङ्गा र काठले किच्यो । जगदेखी नै भत्किएको घरसंगै सम्पत्ती नष्ट भए । एकहल गोरु, गाई र दुई बाख्रा पनि मरे ।

घर कमजोर कहिल्यैँ लागेन्

भत्किएको घर लोगेका बाजे लछीले पहिलो तला हालेका हुन् । कहिले हाले ? उनी भन्न सक्दैनन् । तर ४०÷४५ वर्षअघि उनका बुवा गोरेले दुई तला थपेको उनकी आमाले सुनाएको बताउछन् । ‘बालखकै टुहुरो हुँ । पाँचवर्षकै हुँदा बुवा स्वर्गबास भएका रे !,’ लोगे भन्छन्,‘त्यसपछि त्यै घर सहारा हो । अर्को बनाउने हैसियत छैन् ।’
त्यसमा पनि घर बलियो नै लागेकाले अर्को बनाउने सोच कहिल्यै नआएको उनी बताउछन् । ‘घर बलियो नै लाग्थ्यो । आफ्नो जीवन यसैमा काटौँला सोच्थे । तर लेखी अर्कै रहेछ,’ उनी थप्छन् । उनका अनुसार घर चुहिदैनथ्यो । तीन महिनाअघि जेठमा भारतको चेन्नईबाट फर्किएर आउदा चुहिने एकठाउँ टालेपछि थप चुहिदैनथ्यो ।

समस्यामा बाँचेका जहान

घर भत्कियो ! श्रीमती र चारजना छोराछारीको मृत्यू भयो । परिवारमा बाँकी आफु, आमा र एक दुईवर्षकी छोरी मात्र बाँकी रहीन् । लोगे आफु घाईते छन् । घाईते अवस्थामै उनले मंगलबार मसानघाट पुगेर मृतक चारैजनालाई दागबत्ती दिए ।
भारतमा चौकीदारी गरेर परिवार पाल्ने उनीसंग न उपचार खर्च छ, न किरिया खर्च ! ‘चेन्नईबाट रित्तो हात फर्किएको हुँ । यहाँ यो बज्रपात प¥यो,’ भावविह्वल हुँदै उनले भने,‘अब के गर्ने ? कसरी गर्ने ? केही सोच्न सकिरहेको छैन् ।’

पिडितलाई कांग्रेसको राहत

नेपाली कांग्रेस डोटीले पिडित परिवारलाई २० हजार दिने घोषणा गरेको छ । कांग्रेस डोटीले घटनापछि मंगलबार बिहान शोक वक्तव्य जारी गर्दै आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरियाखर्चबाफत १० हजार गरी २०हजार रकम उपलब्ध गराउने कांग्रेस डोटीले घोषणा गरेको हो ।
वक्तव्यमा ‘ओत लाग्ने घर नै भत्केर चारजनाको ज्यान लिनसक्नेसम्मको घटनाले हाम्रो समुदायको विपन्नताको रुप उदांगो पारेको’ उल्लेख गर्दै ‘विपन्न दलित परिवारमा परेको यो बज्रपातमा सक्दो सहयोग गर्न तीन तहकै सरकार र सम्बन्धित सबैमा ध्यानाकर्षण’ गराएको छ ।


Related News

देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
  • २०७७ श्रावण २७

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...

संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस
संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस
  • २०७७ श्रावण २७

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश
  • २०७७ श्रावण २७

काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो।  अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...

TOP