२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

आरडिटी नेगेटिभ देखिए पछि क्वारेण्टाइनबाट घर पठाएका व्यक्तिको मृत्यु : पिसिआर पोजेटिभ

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधवार राति मृत्यु भएका सुर्खेतका १ जना युवामा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका युवा १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका थिए । उनको घर फर्किएकै राति मृत्यु भएको थियो ।

भारतबाट आएका २० वर्षीय युवा त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । १४ दिन क्वारेन्टाइनमा बसेका उनको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

बिहीवार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले बताएका छन् ।

अहिले पनि आरडिटी परिक्षणको भरमा क्वारेण्टाइनमा रहेका व्यक्तिलाइ धमाधम घर पठाइदैछ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ २३

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP