२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

आरडिटी नेगेटिभ देखिए पछि क्वारेण्टाइनबाट घर पठाएका व्यक्तिको मृत्यु : पिसिआर पोजेटिभ

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधवार राति मृत्यु भएका सुर्खेतका १ जना युवामा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका युवा १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका थिए । उनको घर फर्किएकै राति मृत्यु भएको थियो ।

भारतबाट आएका २० वर्षीय युवा त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । १४ दिन क्वारेन्टाइनमा बसेका उनको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

बिहीवार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले बताएका छन् ।

अहिले पनि आरडिटी परिक्षणको भरमा क्वारेण्टाइनमा रहेका व्यक्तिलाइ धमाधम घर पठाइदैछ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ जेष्ठ २३

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP