२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

झुलाघाट सडकखण्डमा जिप दुर्घटना

बैतडीको झुलाघाट सडक खण्डको आदरपिण्डमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना महिला जिपमुनि च्यापिएर बेहोस भएका छन् भने अन्य तीन जना घाइते भएका छन् ।

बैतडी सदरमुकाम गोठालापानीबाट बुधबार दिउँसो २ बजे झुलाघाटतर्फ जाँदै गरेको सुपप्र ०१-०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका-१०, आदरपिण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको जिप भिरालो ठाउँको रुखमा अड्किएको छ । जिपमुनि च्यापिएकी महिलालाई निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए ।

उनले भने, ‘‘घाइते तीन जनाको उद्धार गरेर जिल्ला अस्पताल पठाएका छौं । जिपमुनि च्यापिएकी महिला बेहोस छिन् । निकाल्न सकिएको छैन ।डोजरले जिप उठाएपछि मात्रै निकाल्न सकिने अवस्था छ ।’’

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ जेष्ठ १६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP