२०८२ चैत्र ३, मंगलवार
March 17, 2026, Tuesday

सामाजिक संजालमा ‘काला काँग्रेस’ लेख्ने शिक्षकलाई कावार्ही गर्न काँग्रेसको माग


डोटी- नेपाली काँग्रेस डोटीले सामाजिक संजाल फेसबुकमा काला काँग्रेस भनि अपशब्द प्रयोग गर्दै शिक्षालय दोहन गरेको आरोप लगाउँने शिक्षकलाई कार्वाही गर्न माग गरेको छ । काँग्रेसले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारी कर्मचारीले पेशागत मर्यादा भन्दा माथीउठेर सामाजिक संजालमा तथ्यहिन कुरा लेखेको भन्दै कारवाहीको माग गरेको हो ।

नेपाली काँग्रेस डोटीका सचिव नारायण जोशीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा कोरोनाले निम्त्याएको कठिन परिस्थिति र संवेदनसिल समयमा सेती प्राबिधिक शिक्षालय दिपायलमा करार सेवामा कार्यरत शिक्षक युवराज खत्रीले समग्र काँग्रेस पार्टीप्रति बदनियत राखी काँग्रेसलाई लगायको झुट्टा आरोप प्रति नेपाली काँग्रेस डोटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञपतीमा भनिएको छ,‘नागरिक जीवन संकटमा रहेको घडीमा शिक्षालयमा कार्यत शिक्षकले राजनीतिक गन्ध आउँने गरेर समग्र काँग्रसलाई चोट पुग्ने गरी प्रयोग गरेको ‘काला काँग्रेस’ जस्ता अपाच्य, अपशब्द प्रति घोर भत्र्सना गर्दछौं । एउटा शैक्षिक संस्थामा कार्यरत शिक्षकको यस्तो हर्कतले शिक्षालय नै बदनामित हुने देखिन्छ ।’

साथै विज्ञप्तीमा शैक्षिक संस्था भित्र रहेर समग्र समाजमा नराम्रो सन्देश जाने, अफवाह फैलिने गरि निज शिक्षकले ३० बर्ष देखी काँग्रेसले शिक्षालय दोहन गरेको भनी लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

विज्ञप्तीमा शैक्षिक संस्थाको सुधार, गुणस्तिरिय शिक्षा, अनुसासन सहितको शिक्षालय बनाउँन काँग्रेसले हरकदममा सहयोग गर्दै आएको कुरा सबैलाई अवगत नै भएको उल्लेख गर्दै भननिएको छ,‘नेपाली काँग्रेस डोटी शिक्षक खत्रीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति, लगाएको आरोपको स–प्रमाण सहित पुष्टि गर्न चेतावनी दिन्छ र त्यसको सत्यतथ्य छानविनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउँछ । ’

डोटी काँग्रेसले सरकारी कर्मचारी पेशागत मर्यादा भन्दा माथी उठी राजनीतिक दलको आवरणमा सामाजिक संजालमा जथाभावी लेख्ने र शिक्षालय भित्रबाटै राजनीति गर्ने उल्लेख गर्दै निज शिक्षकलाई तुरुन्त कारवाही गर्न सम्बन्धित निकाय संग माग गरेको छ । अन्यथा नेपाली काँग्रेस डोटीले यस्ता गलत प्रबृतीका बिरुद्ध कडा रुपमा उत्रीले चेतावनी समेत दिएको छ ।

यस्तो छ शिक्षक खत्रीले फेसबुकमा लेखेको स्टाटस्

प्रेस विज्ञप्ती

Related News

डोटीमा जीप दुर्घटना चार जना घाइते, दुईको अवस्था गम्भीर 
डोटीमा जीप दुर्घटना चार जना घाइते, दुईको अवस्था गम्भीर 
  • २०७७ बैशाख १५

दिपायल – डोटीमा जीप दुर्घटनामा परी चार जना यात्रु घाइते...

TOP