२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

नेपाली कांग्रेस चुरे गाउँ समितिद्धारा राहत हस्तान्तरण

कैलाली- नेपाली कांग्रेस चुरे गाउँ समितिले लकडाउनका कारण छाक टार्न समस्या भएका परिवारका लागि खाद्यान्न सहयोग गरेको छ ।

गाउँपालिकाका नेता कार्यकर्ताहरुले आफै ब्यक्तिगत रुपमा रकम उठाएर शुक्रवार चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कालाई खाद्यान्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । नेपाली कांग्रेसका क्षेत्र नं ४ का सभापती दिनेशराज जोशी, वडा अध्यक्ष कृष्ण मल्ल नेपाली कांग्रेस जिल्ला सल्लाहकार समिति सदस्य सुरत कार्की, कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु राहत सामाग्री लिएर वडा कार्यालय पुगेका थिए ।

नेपाली कांग्रेस चुरे गाउँ समितिका सभापती डिलबहादुर भाटका अनुसार नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको रकमबाट २० क्वीन्टल चामल, ८० किलो मिक्स दाल, ८० लिटर तेल, ५०० थान मास्क र १ थान पिपिई हस्तान्तरण गरिएको हो ।

लामो लकडाउनका कारण बिपन्न, असहायको घरमा चुलो जलाउन नसक्ने अवस्था भएकाले खाद्यान्न सहयोग गरेको नेपाली कांग्रेस गाउँ समितिका सह अध्यक्ष टिकाराम ढुंगानाले बताए ।

नेपाल तरुणदलका चुरे गाउँ समितिका कार्यबाहक अध्यक्ष खगेन्द्र कठायतले स्थानीय सरकार छाक टार्न समस्या भएकाहरुका लागि गम्भीर नदेखिएपछि आफुहरुले राहत र स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । नेपाली कांग्रेसका स्थानीय नेता हेमबहादुर बिष्टले राहत बितरणमा बिभेद नगर्न स्थानीय सरकार संग आग्रह गरे ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख १२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP