२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

संत निरंकारी मण्डलद्वारा कोरोना नियन्त्रणका लागि दिसिनपालाई आर्थिक सहयोग

डोटी- कोरोना भाइरस (को भिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संत निरंकारी मण्डलले आर्थिक सहयोग गरेको छ । संत निरंकारी मण्डल दिपायल शाखाले दिपायल सिलगढी नगरपालिकालाई नगद १० हजार पाँच सय आर्थिक सहयोग गरेको हो ।

मंडलका सत्संग इन्चार्ज कैलाश बागचनले मंगलबार नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीलाई रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण गर्दै इन्चार्ज बागचनले आफ्नो जिल्ला तथा नगरमा कोरोना भाइरसको संक्रमण नफैलियोस् , नियन्त्रण गर्न सहयोग पुगोस् भन्ने हेतुले मण्डलको तर्फबाट स्यानो सहयोग गरेको बताए । उनले रकम भन्दा पनि नगर सरकार कोरोना नियन्त्रणका लागि सक्षम होस् , जिम्मेबार होस् भन्ने संकेतका साथ आर्थिक सहयोग गरेको बताए ।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ बैशाख ९

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP