२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

सरकारी वार्ता टोली र सत्याग्रही केसीका प्रतिनिधिबीच केही बेरमा वार्ता हुँदै

काठमाडौं- सरकारी वार्ता टोली र सत्याग्रही डा गोविन्द केसीका प्रतिनिधिबीच अहिले केही बेरमा वार्ता हुने भएको छ।

 अहिले साढे दश बजे शिक्षा मन्त्रालयमा वार्ता हुने बताइएको छ।  

चौतर्फी दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो।  

त्यसपछि  डा केसीको तर्फबाट  डा जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनाइएको थियो। यी दुई वार्ता टोलीले अहिले केही बेरमा सत्याग्रही केसीका माग सम्बोधनबारे छलफल गर्ने बताइएको छ। 

यसअघि दिउँसो ४ बजे मात्रै वार्ता हुने भनिएको थियो। 

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ आश्विन २२

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP