२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

सीटीईभिटीको बिद्यार्थी छनौट प्रकृया सच्चाउन माग गर्दै नेबिसंघको ज्ञापन

डोटी- सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेपाल बिद्यार्थी संघका अध्यक्षहरुले सीटीईभिटीले नयाँ खोलेको भर्ना बिद्यार्थीको हित विपरित भएको भन्दै सच्चाउन माग गरेका छन् ।

नौ वटै जिल्लाका नेबिसंघका अध्यक्षहरुले आज धनगढीमा संयुक्तरुपमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख मार्फत सिटीईभिटी केन्द्रिय कार्यालयमा ज्ञापन पत्र बुझाएको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिए ।

सीटीईभिटी प्रदेश कार्यालयका निमित्त निर्देशक देवसिंह धामीलाई नेबिसंघका नौ वटै जिल्ला अध्यक्षहरुले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमा भनिएको छ –‘सीटीइभिटी परिक्षा नियन्त्रण कार्यालयले शैक्षिक डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परिक्षाका लागि एसईईमा प्राप्त गरेको प्राप्ताङकलाई ६० र कक्षा ८ मा प्राप्त गरको प्राप्ताङलाई ४० प्रतिशत अंकभार प्रदान गरि छनौट गर्ने प्रकृया अपारदर्शी र अबैज्ञानीक छ भन्ने हाम्रो ठहर छ ।’

अगाडी भनिएको छ– महामारीको समयमा एसईईको नतिजा बिद्यालयको आन्तरिक मुल्यांकनका आधारमा प्रकाशन गरिएकोले बिद्यार्थीको बास्तविक क्षमताको मुल्यांकन हुन नसकेको र निजी बिद्यालयको तुलनामा सरकारी बिद्यालयका बिद्यार्थीको प्राप्ताङक बिगतको तुलनामा अत्यन्त न्युन रहेको छ । त्यसैले प्रबेश परिक्षा गर्न नेबिसंघको माग छ ।

ज्ञापन पत्रमा प्रवेश परिक्षा प्रणालीका माध्यमबाट बिद्यार्थीको छनौट गर्न वा सरकारी बिद्यालयबाट उतिर्ण बिद्यार्थीका लागि ८० प्रतिशत सिट सुनिश्चित गर्न माग गरिएको छ । सात दिन भित्र माग सुनुवाई नभए कडा आन्दोलन गर्ने नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताएका छन् ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ आश्विन ४

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP