२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

शारीरिक अशक्त भन्दै प्रमुख प्रसाशकिय अधिकृतलाई जोरायल सरकारको रोक

प्रमुख प्रसाशकिय अधिकृत नरेन्द्र सिंह ठगुन्ना र गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा

डोटी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रसाशकिय अधिकृतलाई शारीरिक रूपमा अशक्त भएको भन्दै हाजिरी गर्न दिएका छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई जोरायल गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृतमा २५ साउनमा सरुवा गरेकोमा अध्यक्षले हाजिर गर्न नदिएका हुन्। 

अध्यक्षले यता नआउनु, प्रसाशकिय अधिकृत छदैछ भनेपछि हाजिर हुन नसकेको ठगुन्नाले जानकारी दिए । ‘सरुवा भएपछि सुरुमा मैले फोन गर्दा अध्यक्षले अहिले नआउनोस्। तपाईंको सरुवा अन्तै मिलाइदिन्छु भन्नुभयो’ ठगुन्नाले भने, ‘मन्त्रालयले खटाएको ठाउमा किन गएन भनेर सोध्ने भएकोले मौखिक भन्दा लिखित पत्र दिन भनेपछि गाउँपालिकाका अध्यक्षले शारीरिक रूपमा अशक्त भएको भन्दै पत्रमा उल्लेख गरेको जानकारी दिए।` 

हाजिर हुन नपाएकाले अन्यत्र सरुवा माग्दै मन्त्रालयलाई तीनपटक पत्र पठाइसके पनि सुनुवाइ नभएको ठगुन्नाले जानकारी दिए। अध्यक्ष ओझाले मन्त्रालयलाई पत्र पठाएर शारीरिक अशक्तताका कारण ठगुन्नाले काम गर्न नसक्ने भन्दै उनको अन्यत्र सरुवा गर्न भनेका छन्।

ठगुन्ना शारीरिक रूपमा अपांग भएकाले भौगोलिक रूपमा विकट गाउँपालिकामा कामकाज गर्न नसक्ने पत्रमा उल्लेख छ। ठगुन्ना ढाडसम्बन्धी अपांगता भएका व्यक्ति हुन्। अधिकृत ठगुन्नाले भने सरकारले खटाएको ठाउँमा जहाँ पनि काम गर्न सक्ने बताएका छन्। ‘जोरायल गाउँपालिका भन्दा विकट डडेल्धुरा जिल्लाको आलिताल गाउँ पालिकामा डेढ वर्ष काम गरेँ, उता काम गर्न नसक्ने भन्ने होइन,’उनले भने, ‘तर,  शुरुमा नै नाइ भनेपछि पछी काम गर्न गाह्रो हुने भएकोले गापामा जबर्जस्ती  कसरी जानु ठगुन्नाले भने।

उनले थपे, ‘अहिले पनि सात महिना देखि काजमा आलिताल गाउँ पालिकामा कार्यरत छु।  अहिलेसम्म कसैले कार्यकुशलताका बारेमा प्रश्न चिन्ह खडा नगरेको उनले भने ।’  

ओझाले भने शारीरिक रूपमा असक्षमका साथै मन्त्रालयले पनि आफूसँग समन्वय नगरी पठाएकाले प्रसाशकिय अधिकृतलाई हाजिर हुन नदिएको बताए। अध्यक्ष ओझाले भने ठगुन्ना संघ सहकार्य गरेर पत्र लेखेको बताए ।

जोरायल गाउँपालिकामा अहिले शिक्षातर्फका कर्मचारी तेजबहादुर खत्री निमित्त प्रसाशकिय अधिकृत छन्। सुदूरपश्चिमका सबै गाउँपालिका निमित्तको भरमा चलिरहेकाले जोरायलमा मात्रै प्रमुख प्रसाशकिय अधिकृत पठाउन आवश्यक नरहेको उनको भनाइ छ । ‘सबै ठाउँमा निमित्त छन्, सुब्बाले चलाइरहेका छन् । जोरायलमा मात्रै किन प्रसाशकिय अधिकृत पठाइयो ?’ ओझाले भने । उनी गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पनि हुन् । राजनीति खिचातानी र  आफूअनुकूल नभकाले नयाँ प्रसाशकिय अधिकृतलाई आउन नदिएको स्रोतको भनाइ छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ भाद्र १२

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP