२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

सडकमा लम्पसार प्रदर्शन : बेसार प्यार प्यार, काम कहिले सरकार ?

काठमाडौं- काठमाडौंका सडकमा सरकार विरोधी प्रदर्शन जारी छ । शनिबार पनि शान्तिपूर्ण प्रदर्शन भएको छ ।

कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन ।

उनीहरुले सरकारले कोरोना नियन्त्रणमा सरकारले प्रभावशाली काम गर्न नसकेको भन्दै मृत्युको अभिनय गरेर सडकमै सुतेका हुन । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई ब्यङ्य समेत गरे ।

उनीहरुले बेसारले पहेंलै भएका युवाले ‘बेसार प्यार प्यार, काम कहिले सरकार ? ’ भन्ने प्लेकार्डसहित सरकारको विरोध गर्दै प्रधानमन्त्रीलाई छेड हानेका हुन ।

ओलीले नेपालीको भान्सामा अदुवा, लसुन, बेसारलगायत औषधिजन्य खाने कुरा हुने र त्यो सन्तुलित खानाले रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको बताएपछि विरोध भइरहेको छ ।

स्वस्फुर्त रुपमा सडकमा उत्रिएको बताउँने उनीहरुले सबैको पीसीआर परीक्षण गरिनुपर्ने, कोरोना रोकथाममा भएको खर्च हिसाब पारदर्शी बनाउँनुपर्ने, क्वारेन्टिनहरु सुरक्षित बनाउँनुपर्ने लगायत माग राखेका छन ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ असार ६

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP