२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

प्रदेश २ को नाम र राजधानीका लागि मतदान हुँदै

जनकपुरधाम ।

प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी मंगलबार टुंगो लगाइँदै छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ ।

सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभाुमख यादवले बताए । यसका निम्ति सबै तयारी भइसकेको उनको भनाइ छ ।

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन ।

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।

पछिल्लो पटक नाममा सहमति जनाउन धेरै पटक बैठक बसे पनि सहमति हुन नसकेको सभामुख यादवले बताए । राजनीतिक सहमति भए पनि मतदान गराउनैपर्ने भएका कारण चुनाव गराउन लागिएको हो ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।

यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो । विशेष समितिमा पनि दलहरुबीच स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भए पनि नामको विषयमा सहमति हुन सकेन ।


Related News

२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
  • २०७६ चैत्र ४

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २१ जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। ...

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
  • २०७६ चैत्र ४

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित...

सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
  • २०७६ चैत्र ४

धनगढी- कैलाली जिल्लामा जारी निषेधाज्ञा पुनः १ हप्ताका लागि थपिने तयारी गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि...

TOP