२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

झापामा ५५ दिनदेखि रोकिएका पूर्वराजा शाहले पाए सवारी पास

चौतर्फी बिरोध भएपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पास उपलब्ध गराएको छ । लकडाउनका कारण पूर्वको झापामा बिगत ५५ दिनदेखि रोकिएका पूर्वराजा शाह सवारी पास पाएपछि आजै काठमाडौंतर्फ हिडेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले एकपटक सवारी पास दिएर पुन खोसेपछि सञ्चारमाध्याम र सामाजिक सञ्जालमा व्यापक बिरोध भएको थियो । लकडाउनलाई सरकारले थप कडाई गर्न लागेपछि उनी काठमाडौं आउन आमनागरिकले सरह पासको निवेदन दिएका थिए ।

झापा प्रशासनले हिजै गृह मन्त्रालयको सहमति लिई सवारी पास दिएपछि आज शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ प्रस्थान गरिसकेका छन् ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७७ जेष्ठ २

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP