२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

रहेनन् राप्रपाका नेता केशबराज जोशी

डोटी – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता केशबराज जोशीको निधन भएको छ । जोशीको मंगलबार बिहान धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

ब्रेनमा आएको समस्याका कारण नुहाउने क्रममा बेहोस भएका जोशीलाई उपचारका लागि निसर्ग हस्पिटल लगिएको थियो । स्वर्गिय जोशीको कैलाली स्थित मोहना नदिमा दाहसंस्कार भैरहेको परिवार स्रोतले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडितोला घर भएका स्वर्गिय जोशी लामो समय देखि राजनीतिमा सक्रिय थिए । उनि डोटीबाट २०५६ सालमा प्रतिनिधिसभाका लागि निर्वाचन लडेका थिए । स्वर्गिय जोसी राप्रपाका पूर्व डोटी जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सदस्य हुन् ।

हाल धनगढी बस्दै आएका नेता जोशीका एक छोरा, बुहारी र एक नाती छन् । उनका चार छोरी पनि छिन् ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ बैशाख ३०

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP