२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

लिपुलेक अतिक्रमणको विरोधमा उत्रिएका ३३ विद्यार्थी नेताहरु पक्राउ

काठमाडौं । भारतले नेपाली भुमी मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको विरोधमा उत्रिएका ३३ जना परेका छन् । शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई दिउँसो १ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघ, सत्तारुढ नेकपानिकट अखिल, मोहन बैधनिकट अखिलका नेता तथा कार्यकर्ता रहेका छन् । उनिहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । शान्तिपुर्ण प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेकोे नेविसंघका पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिइन् ।

महानगरीय प्रहरी परिषरका एसएसपी श्याम ज्ञवालीले ३३ जना पक्राउ गरेको पुष्टि गरे । भारतले लिपुलेक–कालापानी सडक बनाए पछि त्यसको विरोधमा प्रर्दशन भएको हो ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक गतिविधि गर्दै आएको थियो । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा समेत सार्वजनिक गरेको थियो ।

भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख २७

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP