२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

५० औँ वैवाहिक वर्षगाँठमा पूर्वराजारानीद्वारा धन्यवाद

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहले वैवाहिक वर्षगाँठको ५० औँ वार्षिकोत्सवका अवसरमा शुभकामना प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

बुधबार एक धन्यवाद सन्देश जारी गर्दै पूर्व राजा–रानीले शुभकामनाका मंगलकारी अभिव्यक्ति पोख्ने सबैलाई सद्भावपूर्वक धन्यवाद व्यक्त गर्न चाहेको उल्लेख गरेका छन् ।

पूर्वराजा–रानीले हिन्दु संस्कृतिको उच्चतम संस्कारका रुपमा मानिने विवाहपछिका ५० वर्ष आफूहरुले पूरा गरेको जनाएका छन् ।

दुई आत्माको सम्मिलन र प्रेम सम्बन्धको शुभअवसरका रुपमा रहेको विवाह संस्कार जीवन व्यवहारको सारसुत्र रहेको पनि सन्देशमा उल्लेख छ ।

Related News

बैतडीको सिगासदेखि बझाङको साइपालसम्म अझै सडकको पर्खाइ, ८ स्थानीय तहमा पुगेको छैन कच्ची सडक
बैतडीको सिगासदेखि बझाङको साइपालसम्म अझै सडकको पर्खाइ, ८ स्थानीय तहमा पुगेको छैन कच्ची सडक
  • २०७७ बैशाख २०

बैतडीको सिगासदेखि बझाङको साइपालसम्म अझै सडकको पर्खाइ, ८ स्थानीय तहमा...

TOP