२०८१ जेष्ठ ४, शुक्रबार
May 17, 2024, Friday

इलाम–२ मा ५० प्रतिशत मत गणना: एमाले ५३ सय मतले अगाडी

दिपायल- इलाम–२ को उपनिर्वाचनको ५०.५ प्रतिशत मत गणना गरिएको छ । शनिबार भएको चुनावमा ६९ हजार २८७ मत खसेको थियो ।

३५ हजार ६११ मत गणना गर्दा नेकपा (एमाले) ले ५ हजार ३०२ मतले अग्रता लिएको छ ।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् । उनले ८ हजार ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् ।

२०७९ को चुनाव यस क्षेत्रमा एमाले उम्मेदवार सुवास नेम्वाङले जितेका थिए ।

Related News

सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो
सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो
  • २०८१ बैशाख १७

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई उच्च अदालत पाटनले उल्टाइदिएको छ...

TOP