२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

डोटीमा खोलामा डुबेर एक जनाको मृत्यु

दिपायल– डोटीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– ३ खुलेमका ३६ वर्षीय दीपेन्द्र घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिखर नगरपालिका– ७ सेटीगाउँ अन्तरगत पर्ने छेणागाढ खोलामा नुहाउने क्रममा मंगलबार मध्यान्ह करिब १२ बजेतिर डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

मृतक घर्तीमगर खोटो कम्पनी अन्तरगत खोटो संकलन गर्ने मजदुर हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ जेष्ठ १

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP