२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई उच्च अदालत पाटनले उल्टाइदिएको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कारमा दोषी ठहर गरेकामा उच्च अदालत पाटनले भने सन्दीपलाई सफाइ दिएको हो ।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेकामा मंगलबार र बुधबार दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् ।

पीडितले भने अब न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनु पर्ने भएको छ ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ जेष्ठ २

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP