२०८१ मंसिर १७, सोमबार
December 2, 2024, Monday

जापानमा खाली छन् ९० लाख घर, छैनन् घरमा बस्ने मान्छे

कानागावा प्रिफेक्चरको योकोसुका शहरको याटो क्षेत्रको एउटा खाली घर वरपर बढेको वनस्पतिले घेरिएको छ। यस्ता खाली घरहरू देशभर छन् ।

एजेन्सी- जापानमा मानिस बस्ने घरहरु जीर्ण बन्दै गएका छन् । जापानको आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण प्रतिवेदन अनुसार हाल ९० लाख घरहरु खाली छन् ।

जापानी सञ्चारमाध्यमका अनुसार घरको वरपर बढेको वनस्पतिले घेरिएको छ । घरका सञ्रचना जीर्ण बन्दै गएको छन् । अक्टोबर २०२३ सम्ममा खाली घरको संख्या ९० लाख पुगेको छ । सरकारी तथ्यांकका अनुसार २०१८ मा गरिएको सर्वेक्षणको तथ्याङ्क भन्दा २०२३ को तथ्याङ्क पाँच लाख १० हजारले बढेको छ ।

जापानमा कुल घरको संख्याको १३.८ प्रतिशत घर खाली रहेका छन् । जापानमा औसतमा सात घरमध्ये एक घर रिक्त रहेको मंगलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण प्रतिवेदनले पुष्टि गरेको छ ।

स्रोतका अनुसार खाली भएका घरहरू वृद्धहरूको स्वामित्वमा रहेका छन् । जसका सन्तान छैनन् वा भएका सन्तान विदेशमा छन् ती वृद्धहरूको स्वामित्वमा रहेका घरहरु खाली छन् । घरको स्वामित्व भएका कतिपय वृद्धहरूको निधन भएर घर खाली छने भने कतिपय वृद्धहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरहरूमध्ये ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन्। त्यसैगरी, तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समयमा प्रयोग गरिने गर्छ। खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् ।

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच–पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ। सन् १९७३ मा खाली घरहरूको संख्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५.५ प्रतिशत हो । मन्त्रालयको तथ्यांकअनुसार सन् १९९३ मा यो संख्या बढेर चार लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो संख्या बढेर दोब्बर भएको छ ।

रित्ता घरहरूको व्यवस्थापन गर्न स्थानीय सरकारहरूले विविध उपाय अपनाइरहेका छन् । तोयोमा प्रिफेक्चरको कामिची नगरले भने नगरका नयाँ बासिन्दाहरूलाई सित्तैमा रित्ता घर दिने प्रणाली शुरु गरेको छ ।

स्थानीय सरकारले घर विक्रेता र सम्भावित क्रेता दुवैले आफूलाई चाहिएको क्रेता विक्रेता खोज्न सक्ने साइट खोलिदिएको छ । सम्झौता पूरा भएपछि नगर सरकारले घरको पुरानो र नयाँ मालिक दुवैलाई आवश्यक खर्चबापतको सहुलियत दिन्छ । यो दुवै पक्षका लागि जित–जितको अवस्था हो । नगरमा जनसंख्या बढाउन खोजिरहेको नगरपालिकालाई पनि यसबाट लाभ नै छ । पहिलो त जनसंख्या बढ्नेछ ।

नगरले घरसँगै बारीको जग्गा पनि सित्तैमा दिइरहेको छ । रित्ता घर तह लगाउन जापानभर यता अनेकै उपायहरू अपनाइएको छ । होक्काइदो प्रिफेक्चरको आसाहिकावामा रहेको एउटा रियल इस्टेट कम्पनीले रित्ता घरका सम्भावित नयाँ मालिकको खोजी गर्न एउटा वेबसाइट खोलेको हो । यसमा कम्पनीले मध्यस्थकर्ताको काम गर्छ । टोकियोको ओकुतामा नगरले पनि खाली घर विक्री गर्ने घर बैंक नै खोलेको छ ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०८१ बैशाख १९

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP