२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

प्रधानमन्त्री लाई अचानक कांग्रेस सभापतिसँग भेट्न मन लागेपछि

ओली र देउवा भेटिरहँदा प्रचण्ड पनि पुगे बालुवाटार

काठमाडौं। आफ्नो दलभित्र तीव्र मतभेद देखिइरहेका बेला प्रधानमन्त्री केपी ओलीले अचानक विपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेट गरेका छन्। 

ओलीले फोन गरि भेट्न बोलाएपछि देउवा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार गएका छन्। 

प्रधानमन्त्री ओलीले देउवालाई त्यो समय वोलाएका छन् जतिबेला उनी आफै पार्टीभित्र र वाहिर चौतर्फी घेरावन्दीमा परेपछि आफैले ल्याएको २ अध्यादेश फिर्ता लिन वाध्य भएका थिए। 

अध्यादेश फिर्ताको निर्णय गर्ने मन्त्रिपरिषदको वैठक सकिएको केहि समयपछि ओली र देउवाको भेट भएको हो। 

सरकारले ल्याएको अध्यादेश खारेजको माग गर्दै कांग्रेसले विपक्षी दलको मोर्चा बनाएर सरकार बिरुद्ध आन्दोलनको चेतावनी दिएको थियो। 

समाजवादी पार्टी लगायतका दलहरुलाई फुटाउन भूमिका खेले पनि सफल नभएका ओली संवैधानिक परिषद सम्वन्धी अध्यादेशमा पनि प्रतिपक्ष विहिन निरंकुशता लाद्न खोजेको विषयमा विवादमा तानिएका थिए। 

चौतर्फी घेरावन्दीमा परेर पार्टीभित्र कमजोर र वािर आलोचित बनेका बेला प्रधानमन्त्री ओलीलाई अचानक कांग्रेस सभापति देउवालाई भेटन मन लागेको बिषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ। 

प्रधानमन्त्री ओली र कांगरेस सभापति देउवाबीच भेट भइरहँदा नेकपाका अर्का अध्यक्ष पनि वालुवाटार पुगेका थिए। 

hamrakura.com

Related News

रास्वपाले बुधबार पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, दोस्रो केन्द्रीय समिति बैठक बस्दै
रास्वपाले बुधबार पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, दोस्रो केन्द्रीय समिति बैठक बस्दै
  • २०७७ बैशाख १२

रास्वपाले बुधबार पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, दोस्रो केन्द्रीय...

TOP