२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

राष्ट्रपतिद्वारा विवादित दुबै अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र निक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी छन् । 

राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

यसअघि गते मन्त्रिपरिषद्‌ले सिफारिस गरेका दुबै अध्यादेश वैशाख ८ गते सोमबार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी गरेकी थिइन् । 

कोरोना संक्रमणको संकटसँग मुलुक लडिरहेको बेला दुबै अध्यादेशको औचित्य नभएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त अध्यादेश शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकबाट फिर्ता लिने निर्णय गरेको थियो । 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख १२

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP