२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

अध्यादेश प्रकरणले पंगु बनेका ओली

भीम भुर्तेल

प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको लकडाउनको वीचमा दलसम्बन्धी व्यवस्था गर्ने ऐनमा दल विभाजनमा केही खुकुलो व्यवस्था गर्ने गरी अध्यादेशमार्फत संशोधन गरे । मन्त्रिपरिषदले पारित गर्नेवित्तिकै राष्ट्रपतिले सदर गरेको यो अध्यादेशलाई लिएर तीव्र प्रतिक्रिया आएको छ ।

धेरैले धेरै कोणबाट विश्लेषण गरे पनि मेरो बुझाइमा मैले भन्दै आएको ओलीको टिममा सक्षम व्यक्ति छैनन् र उनको सहयोगी समूह छिपछिपेहरुले भरिएको पुनः पुष्टि भएको छ । केपी ओलीको असफलता र अलोकप्रियताको कारण नै यही समूह हो । यस प्रकरणले रहे भएको ओलीको साख पनि सिध्याएको छ ।

ञ्चार माध्ययममा आएकोजस्तो सरकारले अध्यादेश ल्याउनै नमिल्ने भने होइन । अहिले संसद सूचना टाँस गरेर स्थगित भएको अवस्थामा अध्यादेश सरकारले ल्याउन पाउँछ । हाम्रो संविधानले कार्यकारीलाई हस्तान्तरित विधायन (डेलेगेटेड लेजिस्लेसन) को अधिकार दिएको छ । कार्यकारीले यो अधिकारको प्रयोग गर्न सक्छ । तर, यो स्वेच्छाचारी र असीमित होइन ।
यो अध्यादेशको उद्देश्य, प्रयोजन, आवश्यकता र औचित्य पनि स्थापित गर्न सक्नुपर्छ । त्यो बिषयमा ओली सरकारले केही बोलेको छैन । र, सबैभन्दा ठूलो कमजोरी यही नै हो ।

भीम भुर्तेल

साथै, यसलाई केही विश्लेषकले मूल्य मान्यता, नैतिकता र सदाचारसँग पनि जोडेका छन, योचाहिँ भावनात्मक संवेग मात्र हो । यो त्यस तहमा सोच्ने घटना होइन । किनभने, यसको परिणाम पनि विचार गर्नुपर्छ । यो अध्यादेशले त्यस तहको परिणाम ल्याउँदैन ।

ओलीका सहयोगीले यो अध्यादेशको यो परिस्थितिमा कसरी औचित्य स्थापित गर्न सकिन्छ भनेर सोचे, विश्लेषण गरे र ओलीलाई यो कदम चाल्न सिफारिस गरे भन्ने विषयमा सोच्ने हो भने उनका सहयोगी समूहको कार्यदक्षता, कार्यक्षमता, परख गर्ने क्षमता र निर्णय क्षमतामाथि प्रश्न उठ्छ । कोरोनाको महामारीवीचमा यो अध्यादेश ल्याएर जनअभिमतमा सरकार रक्षात्मक स्थितिमा धकेलिएको छ ।यदि नेकपाभित्रको गुटगत अन्तरसंर्घषलाई लक्षित गरेको भए यसले ओलीका प्रतिस्पर्धी प्रचण्ड वा माधव नेपाललाई फाइदा पुर्‍याएको छ । ओलीको व्यक्तिगत भागमा घाटाजति मात्र छ

यदि नेकपाभित्रको गुटगत अन्तरसंर्घषलाई लक्षित गरेको भए यसले ओलीका प्रतिस्पर्धी प्रचण्ड वा माधव नेपाललाई फाइदा पुर्‍याएको छ । ओलीको व्यक्तिगत भागमा घाटाजति मात्र छ ।

ओलीको यो राजनीतिक खेल बाघचाल खेलको बोर्डमा वा चेसको बोर्डमा भर्खरै खेल्न सिकेको मेरो साढे आठ वर्षको छोराको चेस वा बाघचाल खेल्ने शैलीजस्तै प्रतीत हुन्छ । मेरो छोरो बाघचाल होस् वा चेस, दुवैमा आफ्नो चाल मात्र विचार गर्छ, मानौं ऊ एक्लै खेलाडी छ । अनि बुबासँग हारेपछि अनुहार बिगार्छ ।

बाघचाल वा चेस दुवै रणनीतिक खेल हुन् । यसमा खेलको परिणाम आफ्नो चालले मात्र निर्धारण हुँदैन । विपक्षीको चालले धेरै हदसम्म निर्धारण हुन्छ । यो खेल रणनीतिक अवस्थामा विपक्षीको चाल हेरेर आफ्नो रणनीतिक चाल चल्ने हो । यसलाई गणितज्ञ, अर्थशास्त्री, राजनीतिशास्त्री, कूटनीति र अन्तर्राष्ट्रिय राजनीति, व्यवसायिक वार्ताकारले उपयोग गर्छन्, जसलाई ‘गेम थ्योरी’ भनिन्छ ।

यो नेकपाको सत्ता राजनीतिको रणनीतिक गेमको यो बोर्डमा ओलीलाई उनका सहयोगीले मेरो छोराले जस्तो चाल चल्न सल्लाह दिएका छन् । यो चालमा अर्को पक्ष छ भन्ने सोचेको छैनन् । मैले यो चाल चलें भने विपक्षीले के-के चाल चल्न सक्छन् भन्ने सोचेको देखिँदैन । यो चाल अर्थात यो अध्यादेशले कति स्कोप सिर्जना गर्छ भन्ने सोचेको छैनन् । एकाधिकारको बजारमा व्यापारमा सफल भएको ज्ञानेन्द्र शाहलाई राजनीतिमा पनि सफल हुने भनेर २०५९ साल असोज १८ पछि ठानिएजस्तो देखिन्छ । उनले पनि यस्तै नेपालको राजनीतिक गेममा म मात्र खेलाडी ठानंे । यसको परिणाम के भयो, त्यसको उल्लेख गर्नै परेन ।

यसका सम्भावित परिणाम र ओलीका विपक्षीले चाल्न सक्ने धेरै चाल छन् । त्यसबारे ओलीलाई सल्लाह दिनेले विचार गरेको छैन ।

पहिलो, यो अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुनसक्छ र भैसकेको समाचार पनि आएको छ । यद्यपि सर्वोच्चले अहिले रिट दर्ता गरेको छैन र त्यसलाई दरपिठ पनि गरेको छैन । सर्वोच्चले अदालतले सिधै दरपिठ गर्न सक्छ । किनभने, यो कार्यकारीको क्षेत्राधिकारभित्र पर्छ । रिटको सुनवाई गरेर यो कार्यकारीको क्षेत्राधिकार हो भन्न सक्छ र मागअनुसार आदेश जारी गर्न नपर्ने आदेश गर्न सक्छ । किनभने, यसले सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार आकर्षित गर्ने प्रत्यक्ष नागरिक अधिकार संकुचित गर्ने अवस्था सिर्जित छैन । त्यसैले रिट खारेज पनि हुन सक्छ । अथवा सुनवाई गरेर पनि खारेज गर्न सक्छ । यो अध्यादेशको पहिलो खड्गो न्यायपालिका हो ।

यदि सर्वोच्च अदालतले यो कार्यकारीको विशेषाधिकार र स्वीकृत-अस्वीकृत गर्ने अधिकार संसदलाई छ भन्यो भने यो प्रतिनिधिसभाको अधिकार क्षेत्रभित्र प्रवेश गर्छ । पहिलो, प्रतिनिधिसभाका सभामुखले यो अध्यादेश ६० दिनसम्म छलफल नै नगरी तुहाई दिन सक्छन् । अहिले सभामुख अग्निप्रसाद सापकोटा प्रचण्डका खास मान्छे हुन् जस्तो लाग्छ । ओलीको क्याम्पमा आइसके भने बेग्लै कुरो भयो । सभामुखमाथि दबाब धेरै भए कार्य व्यवस्था परार्मश समितिमा लगेर अड्काइदिन सक्छन् । अथवा अझै धेरै ठूलो दबाब आएमामा छलफलमा लैजाने अवस्था आउला । त्यो समयमा संसदको सामान्य बहुमतले पारित गर्नुपर्ने हुन्छ । अहिलेको गुटगत गणितले ओलीको यो अध्यादेश पारित गर्ने परिस्थिति छैन । तर, पछिल्ला दुई परिस्थितिको नौवत नै आउँदैन । हुने भनेको सभामुखको घर्रामा ६० दिन बिताउँछ, यो अध्यादेशले । यो अध्यादेशको ललाटमा भावीले त्यही लेख्या छ ।

यो जुनसुकै कारणले तुहिए पनि अध्यादेश स्वतः निष्कृय हुन्छ । यो अध्यादेश अन्तर्गत भए गरेका सबै कार्य पनि स्वतः निश्कृय हुन्छन् । त्यसकारण ओली पहिलाको जुन ठाउँ हो, त्यही ठाउँमै आइपुग्छन् । मात्र ६० दिनको समय बित्छ । योवीचमा ओलीले यो अध्यादेशमार्फत जे-जे कुरा गर्छन् त्यो यसको आफ्नै आयुसम्म मात्र हो ।

पुर्ताल गर्न नसकिने क्षय भएको छ, ओलीलाई । ओली निकम्मा सल्लाहकार र सहयोगीले घेरिएका छन् भन्ने फेरि पनि प्रमाणित भएको छ । यो सहयात्रीको समूह

संसदमा छलफलमा ल्याएन भनेर सभामुखलाई महाअभियोग लगाउने व्यवस्था संविधानमा छैन । दुईतिहाइले सभामुखलाई हटाउने व्यवस्था पनि छैन र भए पनि दुई तिहाई पुर्‍याएर हटाउने गणित ओलीसँग छैन । कि फेरि कृष्णबहादुर महरा प्रकरण-२ दोहोर्‍याउन सक्नुपर्‍यो । त्यो ज्यादै काल्पनिक हुन्छ । महरा प्रकरणबाट सापकोटाले सिकेको अवश्य होला ।

प्रधानमन्त्री ओलीले २०४७ सालको संविधानअनुसार गिरिजाप्रसाद कोइरालाले संसद विगठन गरेजस्तो मध्यावधिको घोषणा र संसद विघटन गर्ने अवस्था पनि छैन । भएको भए राष्ट्रपतिले यो अध्यादेश स्वीकृत गरेझै तुरुन्तै सदर गर्ने र मध्यावधि घोषणा गर्ने अवस्था ओलीसँग थियो । तर, मध्यावधि निर्वाचन गर्ने व्यवस्था छैन । त्यो सम्भावनालाई सुधारिएको संसदीय व्यवस्था निर्माण गर्दा परित्याग गरिसकिएको छ, नयाँ संविधान निर्माण गर्दा ।

ओली त्योबेला नैतिक संकटमा पर्ने र स्वतः राजीनामा गर्ने अप्ठ्यारो अवस्थातर्फ धकेलिने सम्भावना छ । यो अध्यादेश प्रकरणले सबैभन्दा व्यक्तिगत घाटा ओलीलाई नै भएको छ । लकडाउनले घरभित्र सीमित नागरिक, चिकित्सा सामग्री खरिदमा भएको अनिमयितता र गरीब जनताप्रतिको निर्ममताले ओलीप्रति जनमत क्रुद्ध भएको समयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ओलीका आफ्नै सहयोगीबाट पनि साथ र सर्मथन पाएको अवस्था छैन ।

ओलीको भारतको नाकाबन्दीविरुद्ध उभिएको व्यक्तित्व क्षय भै सकेको छ । त्यसैले जसले जे भने यो प्रकरणमा हार्ने ओली आफैंले मात्रै हो । यो महामारीका वीचमा ओलीको कदमले उनको प्राथमिकता के रहेछ भन्ने पनि जनताले बुझे ।

पुर्ताल गर्न नसकिने क्षय भएको छ, ओलीलाई । ओली निकम्मा सल्लाहकार र सहयोगीले घेरिएका छन् भन्ने फेरि पनि प्रमाणित भएको छ । यो सहयात्रीको समूह रहे ओली झनै पंगु बन्नेछन् भन्ने मेरो प्रक्षेपण सत्य भएको छ ।

onlinekhabar.com

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७७ बैशाख ११

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP