२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

समाजवादी र राजपाबीच एकता, नयाँ पार्टीको नाम ‘जनता समाजवादी’

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ। दुई पार्टी एकता भएपछि नाम ‘जनता समाजवादी’ राखिएको छ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह छाता हुनेछ। लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेका हुन्। समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन्।

Related News

बजेट अभावमा धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयका पूर्वाधार अलपत्र
बजेट अभावमा धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयका पूर्वाधार अलपत्र
  • २०७७ बैशाख १०

बजेट अभावमा धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयका पूर्वाधार अलपत्र कैलाली (...

TOP