२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

राजपा र समाजवादी पार्टी एकता : नाम र केन्द्रीय कार्यसमितिको टुङ्गो लगाउँन मात्रै बाँकी

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । 

नाम र केन्द्रीय कार्यसमितिको टुङ्गो लागे बुधबार मध्यराति नै पार्टी एकतामा हस्ताक्षर हुने समाजवादी पार्टीका राजनीति समिति सदस्य प्रमोद गुप्ताले जानकारी दिए ।

“धेरै पहिलदेखि कुरा चल्दै आएको हो । सरकारले अध्यादेश ल्याएपछि मिल्न धेरै सहज भयो,” गुप्ताले भने ।

पार्टी एकताका लागि दुवैतर्फका शीर्ष नेताहरू जुटिरहेको र मध्यराति नै घोषणा हुने उनको भनाइ थियो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने तयारी भइरहेको उनले बताए । “जनता समाजवादी पार्टी राख्ने तयारी भइरहेको छ,” उनले भने ।

Related News

रास्वपाले बुधबार पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, दोस्रो केन्द्रीय समिति बैठक बस्दै
रास्वपाले बुधबार पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, दोस्रो केन्द्रीय समिति बैठक बस्दै
  • २०७७ बैशाख १०

रास्वपाले बुधबार पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, दोस्रो केन्द्रीय...

TOP