राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।
नाम र केन्द्रीय कार्यसमितिको टुङ्गो लागे बुधबार मध्यराति नै पार्टी एकतामा हस्ताक्षर हुने समाजवादी पार्टीका राजनीति समिति सदस्य प्रमोद गुप्ताले जानकारी दिए ।
“धेरै पहिलदेखि कुरा चल्दै आएको हो । सरकारले अध्यादेश ल्याएपछि मिल्न धेरै सहज भयो,” गुप्ताले भने ।
पार्टी एकताका लागि दुवैतर्फका शीर्ष नेताहरू जुटिरहेको र मध्यराति नै घोषणा हुने उनको भनाइ थियो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने तयारी भइरहेको उनले बताए । “जनता समाजवादी पार्टी राख्ने तयारी भइरहेको छ,” उनले भने ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...