२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

प्रधानमन्त्रीले सांसद अपहरण गरे : समाजवादी पार्टी

 प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद अपहरण गरेको आरोप लागेको छ । प्रधानमन्त्री ओलीमाथि समाजवादी पार्टी नेपालले आफ्नो पार्टीको सांसद अपहरणको आरोप लगाएको हो ।

महोत्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको हो ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?’

पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका यादवलाई पार्टी फुटाएर आएमा मागेको दिने आश्वासन सत्ताधारीहरुले दिएको बताइएको छ ।

सोमबार मात्रै प्रधानमन्त्री केपी ओलीले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याएका थिए । पार्टीभित्रसमेत छलफल नगरी ल्याएको अध्यादेशबारे नेताहरुले प्रश्न उठाउँदा उनले यो आफ्नो दलका लागि नभएर अरु दलका लागि ल्याएको प्रतिक्रिया दिएको थिए ।

रातारात अध्यादेश जारी गरेको ४८ घन्टा नबित्दै उनीमाथि पार्टी फुटाउन सांसद अपहरण गरेको आरोप लागेको हो ।  

app-facebook

Bishwadeep Pandey2 hours ago

आज वैशाख १० गते साँझ ५:०० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडाैं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?


Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ बैशाख १०

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ बैशाख १०

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ बैशाख १०

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP