२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

मेरो नाम गिनिजबुकमा लेखिनुपर्छ, यसबारे गुगल सर्च गरिसके : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्ने दाबी गरेका छन् । संसारमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण गरेर शासन सत्ता चलाउने कोही व्यक्ति नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्ने दाबी गरेका बताएका छन् ।

आफू बिरामी अवस्थामा पनि देश र जनताको लागि १८ घण्टा खटेको उल्लेख गर्दै उनले आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्दा फरक नपर्ने बताए । यसबारे आफूले गुगल सर्च गरेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘मैले केही पनि मागेर हिँडेको त छैन, विभिन्न देशले विभिन्न सम्मान र मानार्थ उपाधीहरु दिएका छन्,’ प्रधानमन्त्रीले भने, ‘वास्तवमा मैले पाउनुपर्ने त गिनिज बुकमा नाम हो ।

शनिबार सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएको खबर छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख ७

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP