२०८१ कार्तिक २०, मंगलवार
November 5, 2024, Tuesday

नेकपाको निवस्त्र पार्टी, सिद्धान्त र नेता ऐनामा छर्लङ्ग : पूर्वमन्त्री बलायर

लोकतन्त्रलाई हराउन र देश लुट्न मात्रै नेकपा एकीकरण

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले नेकपाको पार्टी, सिद्धान्त र नेता निवस्त्र भएको बताए । आदर्श गाउँपालिका वडा नं. ६ गिरिचौकामा घरदैलो अभियानका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बलायरले नेकपाको पार्टी, सिद्धान्त र नेताको निवस्त्र रुप ऐनामा छर्लङ्ग देखिएको बताएका हुन् ।

आज कम्युनिष्ट पार्टी र तिनका मान्छेहरु निर्लज्ज छन्, निवस्त्र छन्, लज्जित भैसके उनले भने,‘ कम्युनिष्टले आफुले आफैलाई खुईल्याउँदै छ । आफुले आफैलाई नङ्गा बनाउँदैछ ।’ निवस्त्र भैसकेको पार्टी, सिद्धान्त र तिनका नेतासँग हामिले केही भन्नु पर्ने छैन उनले थपे,‘ऐना आफै बोलेको छ, तस्विर आफै बोलेको छ । जनताले प्रष्ट देखेका भोगेकाछन् ।’

कम्युनिष्टहरुले बहुमत पाए, सत्ता पाए, ताला साँचो पाए भने देश लुट्न र आफ्नो एकाधिकार प्रयोग गर्दै कब्जा गर्न सुरु गरिहाल्छन् भन्ने कुरा प्रमाणित भएकाले अब जनताले देशबाट कम्युनिष्टलाई सिद्धाउने बलायरको भनाई छ । कम्युनिष्ट पार्टी उनिहरुले नेतृत्व गरेको सरकारका अपराध, भ्रष्टाचार, अन्यायका विषय अरुले बोल्नै नपरेको बताउँदै उनले आफु–आफै वकेल्न लागेको बताए । उनले सरकारको भ्रष्टाचार, महंगी, कोरोना कहरमा व्यवास्था, सरकारी जमिन कब्जा, संविधानमाथि कु, महंगी, जनताको अधिकारमाथि कब्जा, लोकतन्त्रिक व्यवस्थामाथि धावा, न्यायालय मिडियामाथिको हस्तक्षप, अन्तराष्ट्रिय रुपमा देशको बेजत, निरंकुश शासन शैलि लगायतका कुराहरु ऐनामा प्रष्ट भएकाले कम्युनिष्टहरु आफै पतनको अवस्थामा पुगेको बताए ।

कांग्रेसले जम्मा गरेको नेपालको ढुकुटीबाट कम्युनिष्ट नेतृत्व सरकार र तिनका नेताहरुले आफ्ना आफन्त, कार्यकर्ताहरुलाई पैत्रिक (पुर्खाको) सम्पती बाँडेजस्तै बाँडेको भनदै आपत्ति जनाए । नेपालको ढुकुटी सरकारी सम्पती नेपलका जनताको पसिना खुन भएको बताउँदै उनले जनताको पसिना खुनमा खेल्नेहरु यो देशका पापी पिपासु भएको बताए । उनले ति पापहरुले एकदिन कम्युनिष्टहरुलाई जलाउँने भन्दै आक्रोश पोखे ।

उनले कम्युनिष्टका नेताहरुले आफुसरह देशका लागि ५ प्रतिसत योगदान दिएको छ भने राजनीतिबाट बिश्राम लिने बताए । उनले भने,‘हामी राजनीति गरेका मान्छे हौं । हामीले दुःख गरेका छौं । रगत बगाएका छौं । पसिना बगाएका छौं । तिम्रा नेताले यो देशको व्यवस्था परिवर्तन, लोकतन्त्र, जनता र देशका लागि मेरो जस्तो दुःख र संघर्ष १० प्रतिसत, ५ प्रतिसत मात्रै गरेको देखाए म राजनीति त्याग्न तयार छु ।’

बलायरले भ्रष्टाचारी, जागिरे उपभोत्ता खाने, नेताहरु, चर्पीमा समेत कमिसन खाने नेताहरु, बोली वचन, शिष्टाचार र हैसियत नभएका नेताहरुसँग आफुले धेरै प्रतिस्पर्दा गर्न नचाहने बताए ।

पूर्वमन्त्री बलायरले निवस्त्र पार्टी र निवस्त्र नेताले नेपाली गरिव, निमुखा जनता र नेपाली कांग्रेसका नेता कार्यकर्ता जनतामाथि धावा बोले ठिक नहुने बताए । यदि त्यसो गरियो भने निकै अफ्ठेरो परिस्थितिको सामना गर्नु पर्ने र जीवनको ठुलै अफ्ठेरो आइपर्ने बलायरले चेतावानी दिए । उनले कांग्रेस भनेर अबका दिनमा कसैले अपहेलना ग¥यो भने कांग्रेसको जालमा फसाउने र त्यो जाल बुनिसकेको बताउँदै त्यस्तो गर्नेले बन्दी जीवन बिताउँने अवस्था आउँन सक्ने बताए ।

पूर्वमन्त्री बलायारले कम्युनिष्टहरुको छवि अन्तराष्ट्रिय रुपमै बिग्रेकोले कयौं देशहरुमा बन्देज समेत लगाएको बताए । अमेरीका जस्ता मुलुकहरुमा कम्युनिष्टहरु जानलाई आफु कम्युनिष्ट पार्टीमा आबद्ध नभएको खुलाउनु पर्ने र कांग्रेसले सिफारिस गर्नुपर्ने भएकाले उनिहरुको अस्तित्व विश्वबाटै लोप हुन लागेको बताए । नेपालका कम्युनिष्टहरु पनि त्यस्तै पतनको बाटोमा रहेको बलायरले बताए ।

लोकतन्त्रलाई हराउन र देश लुट्न मात्रै नेकपा एकीकरण

पूर्वमन्त्री बलायरले कम्युनिष्टहरुको एकता गठबन्धन विश्वकै उत्कृष्ट लोकतान्त्रिक जनताको व्यवस्था एवं कांग्रेसलाई हराउन र देश लुट्न मात्रै भएको बताए ।

सिद्धान्त विहिन पार्टीहरु नेकपा एमाले र १७ हजार मारेर कांग्रेसले घर फर्काएको माओबादीले कांग्रेसलाई हराएर देश लेट्नका लागि पार्टी एकिकरणको नाटक गरेको उनले बताए । उनले अहिले लोकतान्त्रिक व्यवस्था र संविधान र देशलाई लुटेका कारण अफै फुटको स्थितिमा रहेको बताए ।

एकिकरणको नाटक पछि सत्ता पाउने र नपाउने, देश लुट्न पाउने र नपाउनेका बीच झगडा उत्पन्न भएपनि एउटा पक्ष निरंकुशता लाद्न र अर्को पक्ष सडकमा गाली गर्न लागेको उनले बताए । लुटेराहरुले एकलौटी लुट्न नपाएको झोकमा देश र संविधान बर्बाद पारेको उनको आरोप छ ।

संसद विघटनका विषयमा अदालतको सुनुवाईको पर्खाइमा रहेको बलायरले बताए । अदालतले निर्वाचनका पक्षमा फैसला गरे निर्वाचनलाई निश्पक्ष, धादलि रहित, स्वच्छ तरिकाबाट गर्न सर्वदलीय अन्तरिम सरकार बनाउँनु पर्नेमा उनले जोड दिए । ओलीको गैर संवैधानिक कार्यपछि कांग्रेसलाई सत्ताको निम्तो आएको बताउँदै उनले फरक विचार र सिद्धान भएका कम्युष्टिहरुसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताउँदै उनले कांग्रेस निर्वाचनमा जान तयार रहेको बताए ।

Related News

समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
  • २०७७ पुष २१

दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...

TOP