२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

नेपालको जनसंख्या तीन करोड नाघ्यो

Central Bureau of Statistics (CBS)

काठमाडौं । बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको धेरै वर्ष भइसकेको छ ।

अब भने जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।

भागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ ।

२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

जनसंख्याले दिएको अवसर

दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ । जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन् ।

लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुवै घट्दो क्रममा छ । बसाइँसराइ अनुपातमा भने खासै फरक नआएको उनले जानकारी दिए ।

श्रम बजारमा १५ देखि ६० वर्षलाई उत्पादनशील जनसंख्या मानिन्छ । नेपालका झण्डै दुई तिहाइ जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेको जानकारहरू बताउँछन् ।

जनसंख्याका प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ जनसंख्यामा यस्तो अनुकूलकता सधैं नआउने बताउँछन् । उनी भन्छन्, ‘देशले आर्थिक समृद्धि हासिल गर्नका लागि सबैभन्दा उपयुक्त जनसंख्याको आकार यही हो ।’

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ असार १३

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP