धनगढी- सुदूरपश्चिम प्रदेश संसदहरुले भारतको सिमानामा अलपत्र परेको नेपालीहरुलाई नेपाल ल्याउनुपर्ने सहितका बिभिन्न माग राख्दै मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दल तथा काँग्रेसका प्रदेश संसदहरुले अलपत्र नेपालीलाई नेपाल ल्याउनुपर्ने, लिपुलेकमा भारतिय पक्षले एकलौटी तरिकाले सडक बनाउन रोक्नुपर्ने र नेपालीहरुमा कोरोनाको परिक्षण राम्रो संग गर्नुपर्ने माग राख्दै शनिबार मुख्यमन्त्री कार्यालयमा दवाब दिन धर्ना दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वका काँग्रेसका प्रदेश सदस्यहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय मुल गेटमा धर्ना दिएका हुन् । पटक–पटक सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराउदा पनि संघिय तथा प्रदेश सरकार कानमा तेल हालेर सुतेको अबस्थामा रहेको सरकारलाई ब्युझाउन सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको बताए ।
सुदूरपश्चिम संग सिमा जोडिएका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका बिभिन्न स्थनमन नेपालीहरु दुख पाईरहेकोले ति नेपालीहरुलाई नेपालमै ल्याएर क्वारेन्टाईनमा राखेर चेकजाच पनि घर फर्कने बतावरण बनाउनुपर्ने नेपाली काँग्रेस संसदीय दलको माग रहेको छ ।
अहिले बिभिन्न स्थानमा अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् । उनीहरु कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी रहेको बुझिएको छ । #sudurpatra.com
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...