२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

नक्कली बिहे गर्दै चीनमा नेपाली युवतीको तस्करी

चीन पुऱ्याएर बन्धक बनाई बच्चा जन्माउन बाध्य बनाइन्छ

नवराज मैनाली/ रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन् । चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुऱ्याइएको थियो ।

युवतीले प्रहरीलाई दिएको बयानअनुसार चीनको सान्दोङ प्रान्तमा पुऱ्याएपछि उनीसँग नेपालमा विवाह गरेका युवक सम्पर्कविहीन भए । उनलाई ग्रामीण क्षेत्रको एक घरमा लगेर बन्धक बनाइयो । ताम्पु थोङ नामक चिनियाँको घरमा राखेर अन्य पुरुषसँग जबर्जस्ती शारीरिक सम्पर्क राख्न लगाई गर्भवती बन्न बाध्य बनाइएको उनको बयानमा उल्लेख छ ।

उनी बसेको घरमा अन्य नेपाली युवतीलाई समेत त्यसैगरी बच्चा जन्माउनका लागि बन्धक बनाई राखिएको ती युवतीबाट खुलेको छ । नेपालबाट चीन उडाउनुअघि उनलाई ब्युटीपार्लरमा जागिर लगाइने आश्वासन दिइएको थियो ।

ती युवती स्वदेश फर्केपछि चीनमा बच्चा जन्माउनकै लागि नेपाली युवतीहरूको तस्करी भइरहेको नयाँ तथ्य खुलेको हो । उनलाई चीन पु¥याउन संलग्न रहेको आरोपमा काभ्रेका किरण तामाङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी डा. देवबहादुर बोहराले जानकारी दिए ।

‘नेपालबाट उनलाई चिनियाँ नागरिकसँग बिहे गरेर लगिएको देखिन्छ,’ एसएसपी बोहराले भने, ‘उता लगेर यौनशोषणदेखि बच्चा जन्माउनकै लागि प्रयोग गरिएको अनुसन्धानमा देखिन्छ । विस्तृत अनुसन्धान सुरु भएको छ ।’

चीनमा गर्भवती भएकी पीडित युवतीको ‘मिसक्यारिज’ भएको थियो । त्यहाँ पुगेका अन्य धेरै महिलाले बच्चा जन्माएको उनले प्रहरीलाई जानकारी दिएकी छन् ।

‘मलाई राखिएकै घरमा अरू नेपाली महिलाहरू पनि छन्, उनीहरूलाई पनि त्यसैगरी बच्चा जन्माउन बाध्य बनाइएको छ,’ पीडित युवतीले प्रहरीसँग भनेकी छिन् । हाल थुनामा रहेकी मीना लामाको समूहले उनलाई चीन पु¥याएको थियो । उक्त समूहले मात्र दुई सयजनाभन्दा बढी नेपाली युवतीलाई बिहे गरेर चीन पठाई बच्चा जन्माउन प्रयोग गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । मानव बेचबिखन मुद्दामा फरार रहेकी लामा र उनका पति श्यामकुमार लामालाई इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।

पुरा समाचार पढ्नुहोस्

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष १९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP