२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

जगन्नाथ गाउँपालिकामा बम विस्फोट

बाजुरा: बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराइएको छ। अज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो। 

सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै बम विस्फोट हुन सुरक्षा चुनौती बढेको छ। प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा बम विस्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्रसित बनेका छन्।

अज्ञात समूहले सोमबार बिहान कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा बम विस्फोट भएको प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराइले बताए। गाउँपालिकाको ढोकाभन्दा ५० मिटरको दूरीमा बम विस्फोट गराइएको हो। बम विस्फोट गराउने समूहले जिम्मा नलिएकाले अज्ञात समूह भनिए पनि विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। जिल्लामा चन्दा आतङ्क मच्याइरहेको स्रोतका दाबी छ। 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराइले गाउँपालिको ढोकामा बम विस्फोट गराएको बताए। तीन साताअघि मात्र जिल्ला प्रहरी कार्यालय नजिकै पीसविनको कार्यालयको ढोकामा बम राखिएको थियो। जिल्लामा बम राख्ने, चन्दा असुली गर्ने, फोनबाट धम्की दिने जस्ता गतिविधि बढेपछि सुरक्षा चुनौती बढेको छ। प्रहरीले शङ्कास्पद व्यक्तिको मोबाइल टाइयापिङ गरिरहेको भए पनि गतिविधि रोक्न नसकेको अवस्था छ। 

गाउँपालिका केन्द्र रहेको जुड्डीमा फोन सम्पर्क नभएकाले विस्तृत विवरण आइसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बम विस्फोटबाट गाउँपालिका र अन्य मानवीय क्षति नभए पनि स्थानीय त्रसित बनेको जानकारी दिएका छन्। रासस

Related News

काँग्रेस कैलालीले भोली नेता कार्यकर्ता धनगढीमा उतार्दै
काँग्रेस कैलालीले भोली नेता कार्यकर्ता धनगढीमा उतार्दै
  • २०७६ चैत्र ४

धनगढी । नेपाली काँग्रेस कैलालीले दोस्रो जिल्ला सम्मेलन भव्य रूपमा...

TOP