२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो : बलायर

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कांग्रेस नेता रामचन्द्र पौडेललाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् । गृहजिल्ला डोटीको भ्रमणमा रहेका उनले पौडेलमाथि गरिएको गिरफ्तारी निरंकुश सर्वसत्तावादको संकेत भएको बताउँदै तत्काल रिहा गर्न माग गरेका हुन् ।

गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि शिखर समाचारसँग कुरा गर्दै बलायरले नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेल माथि गुण्डा र प्रशासन परिचालन गरिएको घटना आपत्तिजनक एवं निन्दनीय रहेको बताए । सत्ताको मातले उन्माद भएको नेकपा सरकारले पौडेललाई गिरफ्तार गरेर प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सडक संघर्षको निम्तो दिएको उनको भनाई छ ।

पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी निन्दनीय रहेको बताउँदै बलायरले तत्काल उहाँलाई रिहा नगरे उत्पन्न हुने परिस्थिति सामनाका लागि ओली सरकार तयार बस्न चेतावनी दिएका छन् ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ मंसिर १७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP