
डोटी- सोमवार राती मोटरसाइकलको ठक्करबाट दिपायलमा बृद्धाको ज्यान गए पछि मंगलबार बन्द गरिएको सडक खुलेको छ । ठक्करबाट बृद्ध महिलाको घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक फरार रहेका थिए ।
स्थानीयले चालकको पहिचार गरी आवस्यक कारबाही अगाडी बढाउन माग गर्दै दिपायलमा सडक बन्द गरेका थिए । मोटरसाइकल धनीको पहिचान पछि यातायात सुचारु भएको हो ।
सोमवार राती मोटरसाइकलको ठक्करबाट दिपायल सिलगढी नगरपालिका– ४ दिपायल क्षेत्रमा मागेर गुजार चलाउँदै आएकी ७० वर्षीया वीपिकेश्वरी बिकको मृत्यु भएको थियो ।
बिकलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार रहेपछि स्थानीयले दिपायल बजारमा तीन घण्टा यातायात बन्द गरेका थिए । मृतकको शव अस्पतालमै रहेको छ ।
चालक से ५ ख ९४६९ नम्बरको मोटरसाइकल घटना स्थलमै छोडेर फरार रहेका छन् । उक्त मोटरसाइकल शुवास अधिकारीको नाममा रहेको र चालकको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय डोटीका सुचना अधिकारी, प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर मल्लले जानकारी दिए । उनले चालकको पहिचानसँगै खोजिकार्य जारी राख्ने र आवस्यक कारबाहीको दायरामा ल्याउने सहमति पछि सडक खुलेको बताए ।
बन्दकर्ताले चालकको खोजिकार्य, आवस्यक कारबाही र क्षतिपूर्तीको माग गर्दै आएका छन् ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...