डोटी- सोमवार राती मोटरसाइकलको ठक्करबाट दिपायलमा एक बृद्ध महिलाको मृत्यु भएको छ । सायल गाउँपालिका घर भै वर्षौं देखि दिपायल सिलगढी नगरपालिका– ४ दिपायल क्षेत्रमा मागेर गुजार चलाउँदै आएकी ७० वर्षीया पिकेश्वरी बिकको मृत्यु भएको हो ।
बिकलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार रहेपछि स्थानीयले दिपायल बजारमा यातायात बन्द गरेका छन् । मृतकको शव अस्पतालमै रहेको छ । हिजो राती ठक्कर दिएर भागेको मोटरसाइकल चालकलाई प्रहरीले आजसम्म पक्रिन नसकेको भन्दै बाटो बन्द गरिएको हो ।
चालक से ५ ख ९४६९ नम्बरको मोटरसाइकल घटना स्थलमै छोडेर फरार रहेका छन् । उक्त मोटरसाइकल शुवास अधिकारीको नाममा रहेको र चालकको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय डोटीका सुचना अधिकारी, प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर मल्लले जानकारी दिए । बाटो खुलाउनका लागि जनप्रतिनिधि प्रहरीले बन्दकर्तासँग छलफल गरिरहेको मल्ले बताए ।
बन्दकर्ताले चालकको खोजिकार्य, आवस्यक कारबाही र क्षतिपूर्तीको माग गदै आएका छन् ।
सोमबार दिउँसो मात्रै दिपायल नजिकै दुइ वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जना घाइते भएका थिए ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...