२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

२४ घण्टामा २४ संक्रमितको मृत्यु : २९३३ नयाँ संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। 

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। 

त्यसैगरी २४ घण्टामा ३ हजार १५० जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ। 
२४ घण्टामा २४ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ कार्तिक १७

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP