२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday
प्रदेश ५ राजधानी विवाद

प्रदेश सभा बैठकमा तोडफोड : भोलिसम्म बैठक स्थगित

बुटवल– प्रदेश ५ को प्रदेश सभा बैठकमा सोमबार तोडफोड भएको छ। । आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन्।

प्रतिपक्षी सांसदहरुले सदनका कुर्सी र टेबुलमा तोडफोड गरेका थिए। त्यसपछि पनि सभामुखले बैठकलाई जारी राखेका थिए।  

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरी सभामा पेस गरेको हो।

नामका विषयमा कसैले विमति नजनाए पनि राजधानीका विषयमा कांग्रेसलगायतका दलले तीव्र असन्तुष्टि जनाएका छन्। उनीहरूको माग प्रदेश राजधानी बुटवलमै हुनुपर्छ भन्ने छ।

सत्तारुढ नेकपाले भने भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। यस्तै दलले पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई पनि विशेष निर्देशन (ह्विप) जारी गरिसकेको छ। 

नेकपाका ६१ सांसदमध्ये ५९ जनाले मतदान गर्न पाउँछन्। कुल ८७ सदस्यीय रहेको प्रदेशसभामा दुई तिहाई मत ५८ सदस्य हुन्छ।

बैठक भोलिसम्म स्थगित

विपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ।

सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे  बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।

आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेका थिए।

छलफलमा केही सांसदले भाग लिए भने कांग्रेस सांसदले उभिएर विरोध गरिरहे। यसैबीच कांग्रेस सांसदले स्थायी राजधानी

बुटवल नै राख्नुपर्ने माग गर्दै कुर्सी, टेबुल र माइक फुटाएका थिए।

सांसदहरूले उठाएका प्रश्नमा मन्त्री केसीले जवाफ दिएका थिए।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ आश्विन १९

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP