२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

दारी ग्याङका युवाको रगतले बचायो वृद्धाको ज्यान

निश्चल नरेश बोगटी/डोटी– दारी ग्याङ डोटीका युवाहरुले गरेको रत्तदानले एक वृद्धाको ज्यान जोगिएको छ । हेमोग्लोविनको मात्रा कम भएर रगतको आवस्यकता परेका पूर्वीचौकी गाउापालिका वडा नं. २ बगलेककी ७३ वर्षीया बर्मा ठगुन्नाको ज्यान जोगिएको हो ।

जिल्ला अस्पताल डोटीको इमर्जेन्सी कक्षमा उपचार गराइरहेकी ठगुन्नालाई दारी ग्याङका युवाहरु डम्बरु जोशी र रमेश बहादुर साउदले दुई पिण्ट ‘ए पोजेटिभ’ रगत दिएका थिए ।

चिकित्सकको सुझाब अनुसार ठकुल्लाका आफन्तहरुले रक्तदानका लागि सामाजिक सञ्जाल फेसबुकमा आव्हान गरेका थिए । रगत आवस्यक परेको जानकारी पछि युवाहरुले रगत दिएका थिए । रक्तदान गर्ने युवा जोशी दिपायल शिलगढी नगरपालिकाका इन्जिनियर हुन् भने साउद राष्ट्रिय वाणिज्य बैंक डोटी शाखामा कार्यरत कर्मचारी हुन् । आफ्नो रगतले गर्दा मृत्युसंग लडिरहेकी वृद्धाको ज्यान जोगाउन पाउँदा आफुलाई गर्व अनुभुती भएको रत्तदाताहरु जोशि र साउँदले बताए ।

सामाजिक सञ्जालबाट देशका बिभिन्न जिल्लामा विस्तार भएको दारी ग्याङ डोटीले रक्तदान तथा विभिन्न सामाजिक क्षेत्रमा टेवा पु¥याउँदै आएको छ ।

‘यस भन्दा अगाडि पनि हामिले दर्जनौं बिरामीहरुका लागि रक्तदान तथा अन्य बिभिन्न सामाजिक कार्य निस्वार्थ रुपमा गर्दै आएकाछौं, दारी ग्याङ डोटीका संयोजक अनुजराज जोशीले भने,‘ आगामी दिनमा पनि ग्याङले यस्तै काम गर्दै जाने छ । डोटीको हकमा एउटा ब्लड बैंक अति आवस्यक छ । बैंक स्थापनाका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ आश्विन १८

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP