२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी– सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीकी कोरोना सक्रमितको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले दिएको जानकारी अनुसार निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिईन्।

राति ८ बजे मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो। भवानी दल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमान्डमा रहेको सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको छ। तेघरी सामुदायिक वनमा शव व्यवस्थापन गरिएको हो। 

योसंगै चार महिनाको अवधिमा सुदूरपश्चिमका २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका १०, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एकरएक जना संक्रमितको मृत्यु भएको हो।

त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन १५

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP