२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday
कोभिड - १९ अपडेट

पछिल्लो २४ घण्टामा झण्डै २ हजार संक्रमित थपिए : ११ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा झण्डै २ हजार नयाँ संक्रमित थपिएका छन्।

१२ हजार ४४४ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा १ हजार ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ७९ हजार ७२८ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ९६१ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। याे सहित कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० छ।

हालसम्म नेपालमा १० लाख ३३ हजार ९४७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ आश्विन १५

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP