२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
कोभिड - १९ अपडेट

आज १५१३ जनामा कोरोना संक्रमण पुष्टि : १० जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४९१ पुगेको छ। 

देशभरका आईसीयूमा अहिले २१३ जना छन् भने भेन्टिलेटरमा ३४ जना छन्।

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ आश्विन १३

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP