पाल्पा- अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा पुरिएर पाल्पामा ६ जना बेपत्ता भएका छन्।
बिहीबार बिहान रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका हुन् ।
बिहान करिब ४ बजेतिर गएको पहिरोमा परेर हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन् । सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जनाकारी दिए।
उनले नेपाल समयसँग भने- ‘म सहितको टोली घटनास्थलतर्फ जाँदै छौ । अहिले बाटोमा पहिरोका कारण अड्कीएका छौ ।’ उनका अनुसार गाडीबाट उत्रिएर करिब ढेड घण्टा पैदल हिडेपछि बल्ल घटनास्थलमा पुगिन्छ ।
प्रहरी नपुगे पनि स्थानीयले बेपत्ताको खोजी गरिराखेका छन् ।
यस्तै रम्भा गाउँपालिका वडानम्बर २ कै सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...